skip this farak Kura Pravakar

लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन : पूर्वसभामुख सापकोटा

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको पूर्वसभामुख अगिनप्रसाद सापकोटाले बताएका छन् । आज ६५ औँ संसद् दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख सापकोटाले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एक अर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको जिकिर गरेका छन् ।

पूर्वसभामुख सापकोटाले भने, अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ । लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान् सिद्धान्त हो । त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ ।’ ‘कमिसन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श, हामी कतातिर गइरहेका छौँ ।

nijgadh-supermart-adz1200-630