skip this

आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउने विज्ञलाई तत्काल कार्यन्वयन गर्न तयार छु : मन्त्री बस्नेत

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलेबताएका छन् ।

नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कस्ले के गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना लिएर आउनु पर्ने र त्यो कार्ययोजना कार्यन्वयन गर्न आफु तयार रहेको बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘ मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यन्वयन गराएर छोड्छु । ’

इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले मात्र नविनतम सोचको विकास हुन नसक्नेमा जोड दिए । आयुर्वेद क्षेत्र प्रचुर संभावना भएको क्षेत्र भएको बताउदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र सान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा ओषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरु समेत आयुर्वेद प्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा।श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।

nijgadh-supermart-adz1200-630