तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुअब्जा : तत्काल १ अर्व निकाश गर्ने, तीन वर्षभित्र पुरै वितरण गर्ने समझदारी
वि.सं.२०८० असार २० बुधवार २१:४६

काठमाडौं– तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुअब्जा अन्तगर्त तत्काल १ अर्व निकाश गर्ने सहमति जुटेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सिंहदबारमा बसेको मुअब्जा समितिको बैठकमा तीन वर्षभित्र पुरै मुअब्जा वितरण गरिसक्ने समझदारी बनेको हो ।
बैठकमा तामागढी–सिम्रौनगढ सडकका पीडितले मुअब्जा नपाएपछि दबाब दिदै आएका पूर्व मन्त्री उमाकान्त चौधरीसहित सिग्रौनगढ नगरपालिकाका पूर्व मेयर तथा कांग्रेस क्षेत्रिय सभापति बिजय शंकर यादव, प्रदेश सभाका प्रत्यासी रमेश दंगाललगायत सहभागी थिए ।
बैठकमा सहभागि कांग्रेस नेता दंगालका अनुसार यो आर्थिक वर्षभित्र एक अर्ब निकाशा गर्न मन्त्री र सचिवले प्रतिवद्धता जनाएका छन् । तीन वर्षभित्र सबै मुअब्जा वितरण गरिसक्ने समझदारी बनेको उनले जानकारी दिए । ‘तत्काल नै सबै मुअब्जाको लागि पहल भएको छ,’ उनले भने–आर्थिक अभावले गर्दा यो आर्थिक वर्षमा एक अर्ब निकाशा हुने भएको छ । दुई देखि तीन वर्षभित्र यो समस्या समाधान हुने गरि पहल भएको छ ।’
तामागढी-सिम्राैनगढ सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताले बुझाए ज्ञापनपत्र
वि.सं.२०८० असार २० बुधवार २१:४६


















