कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने : सञ्चारमन्त्री शर्मा
वि.सं.२०८० असार २८ बिहीवार १४:३०
1.4K
shares

काठमाडौ। सामाजिक सञ्जाललाई मर्यादीत बनाउन ठोस कदम चाल्ने सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माको भनाई छ । आजको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चारमन्त्री शर्माले कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताएकी छन् ।
उनले भनिन् ‘सामाजिक संञ्जालको विषयमा हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी समाजिक सञ्जाललाई मर्यादीत गर्न ठोस कदम चाल्ने छौं ।’ ‘आमसञ्चार माध्यमलाई थप जिम्मेवार बनाउन पे्रस काउन्सिल नेपाल मार्फत पत्रकार आचारसंहिता कार्यन्वयनमा जोड दिईएको छ। ’
वि.सं.२०८० असार २८ बिहीवार १४:३०

















