skip this

बागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडा

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागु गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

nijgadh-supermart-adz1200-630