skip this yams_Max_Hospital.jpeg

३ हजार ६५१ कोरोना संक्रमित थपिए, २२ को मृत्यु

1.52K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

nijgadh-supermart-adz1200-630