न्यून चापीय प्रणालीको असर अझै तीन दिन जारी रहने
वि.सं.२०७८ पुस १२ सोमवार ०७:४६
945
shares

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।
वि.सं.२०७८ पुस १२ सोमवार ०७:४६

















