नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन
वि.सं.२०७८ पुस १२ सोमवार ०७:५६
828
shares

काठमाडौँ : दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ।
रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको क्यानसरका कारण निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्। टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
नेल्सन मन्डेलाका समकालीन टुटु १९४८ देखि १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए । सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि टुटु शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए ।
टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए।
वि.सं.२०७८ पुस १२ सोमवार ०७:५६

















