skip this

संघीयतालाई बलियो बनाउने ८ वर्षमा ८ वटा पनि कानुन बनेन : उपेन्द्र यादब

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादबले संघीयतालाई बलियो बनाउने ८ वर्षमा ८ वटा पनि कानुन नबनेको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले मधेस प्रदेश स्तरिय सन्देश सभालाई वीरगञ्जमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादबले नेपालमा गणतन्त्र स्थापनाको १५ वर्ष र संविधान जारी भएको ८ वर्षसमेत संघीयता बलियो बनाउने कानुन निर्माण हुन नसकेको बताएका हुन् ।

‘१५ वषएमामा पनि गणतन्त्र संस्थागत भएको छैन, विभिन्न असहमतिका बावजुत संविधानको बनेको पनि ८ वर्ष भईसक्यो,’ यादबले भने–देशमा संघीय प्रणाली छ भनिन्छ, देशको आवश्यकता हो भनिन्छ तर बलियो बनाउने कानुन बनाईदैन ।’

अध्यक्ष यादबले प्रदेश सरकार बनेपनि सुरक्षा, न्यायलय, कानुन, कर्मचारी, स्रोतमाथि अधिकार नभएको भन्दै एउटा गाडी र झण्डा हुँदैमा सरकार हुन्छ भनेर प्रश्न गरे । प्रहरी समायोजन र कर्मचारी समायोजन नभएको भन्दै अध्यक्ष यादबले भने–सरकार मधेस प्रदेशको हुने प्रहरी चाँही अर्कैको हुने ? मधेस प्रदेशको प्रहरी कहिले हुन्छ ? भनेर प्रश्न गरे ।

अध्यक्ष यादवले कृषि, शिक्षा र उद्योगको अवस्था ध्वस्त भएको बताए । १५ वर्षमा १५ वटा उद्योग समेत स्थानपना गर्न नसकिएको भन्दै भएका कलकारखाना समेत बन्द भएको र त्यसलाई सञ्चालन गर्न नसिकएको स्वीकार गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो बनाउन मोर्चा गठन भएको बताए ।

वीरगञ्ज सभा गृहमा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, मञ्चमा छन् । सभालाई विप्लवले सम्बोधन गरिसकेका छन् ।

 

nijgadh-supermart-adz1200-630