skip this

आफ्नो काम छोडेर समाजवादी मोर्चा फुटाउन लागेका छन् : विप्लव

981 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज–नेकपाका महासचिव महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले समाजवादी मोर्चा बनेदेखि केहिलाई निद्रा नलागेको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चा नेपालले मधेस प्रदेश स्तरिय सन्देश सभालाई वीरगञ्जमा सम्बोधन गर्दै विप्लवले समाजवादी मोर्चा फुटाउन केहि मानिस आफ्नो काम छोडेर लागेको बताए । ‘मोर्चा गठनले निद्रा नलागेपछि आफ्नो झोला कोठमा थन्काएर मोर्चा फुटाउने काममा व्यस्त भएका छन्,’ विप्लवले भने–तर, हामीले मोर्चाको उद्देश्य पुरा गर्न सफल हुनेछौं ।’

वीरगञ्ज नगर सभा गृहमा जारी सभामा विप्लवले परिवर्तनका लागि पुनः एक पटक विद्रोह गर्न आवश्यक रहेको औल्याएका छन् । उनले दलाल पुँजीबादको विरुद्धमा समाजवादी विद्रोहको आवश्यक बताए । त्यसका लागि मेधसले तयार रहेर बस्नु पर्ने धारणा राखे ।

सभामा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत मञ्चमा छन् ।

समाजवादी मोर्चाको वीरगञ्जमा सन्देश सभा आज, प्रधानमन्त्रिसहित शिर्ष नेता मधेस ओर्लिए

nijgadh-supermart-adz1200-630