skip this

राष्ट्रिय यूवा संघ नेपालको राष्ट्रव्यापी विरुवा वितरण अभियान निजगढमा सुरु

८ हजार वटा वितरण कार्य सुरु

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्रिय यूवा संघ नेपालको राष्ट्र व्यापी विरुवा वितरण अभियान निजगढमा सुरु भएको छ ।

युवा संघ नेपाल का केन्द्रीय सदस्य इराज कोइराला, प्रदेश सदस्य सुदीप तिमल्सिना र नगर सचिवालय सदस्य जगतबहादुर न्यौपाने ‘गोकुल’ ले संयुक्त रुपमा विरुवा वितरण सुरु गरेका हुन् ।

अभियान निजगढ नगरपालिकाका ७ वटा वडामा पहिलो चरणको विरुवा वितरण कार्यक्रम सुरु भएको केन्द्रीय सदस्य कोईरालाले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ देखि ७ सम्म र १० नम्बर वडामा चार जातका विरुवा वितरण गरिएको छ । जसमा फलफूल का बिरुवा अमला, इमिली, बेल र अम्बा ८ हजार वटा वितरण कार्य सुरु गरिएको जनाईएको छ ।

दिनानु दिन बढ्दै गएको वातावरण प्रदूषणले जलवायु परिवर्तनमा समेत ठूलो असर देखिन थालेको समयमा युवा संघ नेपालको ‘एक युवा ५ विरुवा’ कार्यक्रमले वातावरणमा हुने क्षतिलाई न्यूनीकरण गर्न समेत पुग्ने केन्द्रीय सदस्य कोईरालाले बताए ।

 

nijgadh-supermart-adz1200-630