skip this

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार निजगढ नगरपालिकाका एक ६० वर्षीय वृद्ध पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, निजगढबाट खटिएको प्रहरीले तत्कालै पक्राउ गरेको थियो । उता, जबर्जस्ती करणीमा परेकी बालिकलाइ भने उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याएको छ । पक्राउ परेका लुम्बा माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630