skip this farak Kura Pravakar

सोनापुर मिनरल्सद्वारा सर्वसाधारणका लागि आईपीओ खुला

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १५ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

nijgadh-supermart-adz1200-630