skip this farak Kura Pravakar

सार्वजनिक माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको हीरक जयन्ती सुरु (भिडियो)

621 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ–५ वागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको ६० औं स्थापना दिवस तथा हीरक जयन्ती सुरु भएको छ । हीरक जयन्तीको रक्षा मन्त्री मानविर राईले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले निजगढ–काठमाण्डौं फास्ट ट्रयाक नेपालीको गौरभ भएको बताएका छन् । उनले फास्ट ट्रयाक बनेपनि नेपालीको भावना अझैं नजिक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युुत मैनालीले सिटीईभिटीका शिक्षा महंगो भएको बताउँदै सार्वजनिक शिक्षामा लगानीको दृष्टिकोणले महंगो हुन पुगेको बताए ।

कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश खनालले विद्यालयले विद्यार्थी संख्याको मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रा.डा.ध्रुुव घिमिरेले साहित्यलाई प्रोत्साहन गर्ने योजना बनाउन आग्रह गरेका छन् ।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष बुद्धिमान सिङ्गतानले विद्यालयको उन्नतीका लागि बृहद् छात्राबृत्ति अक्षयकोष र मञ्च निर्माण गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमले विद्यालयलाई नगरकै स्मार्ट विद्यालय बनाउने योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका मेयर सूरथ पूरी, डा.गोपीलाल न्यौपाने, निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङ, पूर्व नगर उपमेयर लिला देवी खनाल, निजगढ नगरपालिकाका प्रशासकीय अधिकृत अजय वर्तौला, जिल्ला शिक्षा समन्वय इकाई कलैया, बाराका प्रमुख हेमराज खतिवडा, रक्षा मन्त्रालयका उपसचिव इन्द्र प्रसाद गौतम, निजगढ शिक्षा शाखा प्रमुुख उत्तम लामिछाने, गौरीशंकर क्याम्पस अध्यक्ष एक बहादुर श्रेष्ठ, क्याम्पस प्रमुख टिकाराम भट्टराई लगायत सहभागि थिए ।

कार्यक्रममा निजगढका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पूर्व जनप्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष एवं प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, पूर्व शिक्षक, शिक्षाप्रेमी, समाजसेवी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए ।

दुई दिनसम्म सञ्चालन हुने हीरक जयन्ती समारोहको पहिलो दिन पूर्व विद्यार्थीबाट ४ जनालाई विशेष प्रतिभा सम्मान प्रदान गरिएको छ । विद्यालयले मानव अधिकारकर्मी माधव प्रसाद गौतम, तेक्वान्दो खेलाडी यान कुमारी चौलागाई, सञ्चारकर्मी रिसव गौतम र लिला कुमारी सापकोटा लगायतलाई विशेष प्रतिभा सम्मान प्रदान गरिएको हो ।

त्यसैगरि पूर्व विद्यार्थी डाक्टर, ईन्जिनियर. स्नाकोत्तर गरेकालाई सम्मान गरिएको थियो । पूर्व प्रअ, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष र सदस्य, सञ्चारकर्मी, संस्थापकलाई मनोरणपान्त, भवन निर्माण समितिका पूर्व अध्यक्ष, जागरुक अभिभावक सम्मान, विद्यार्थीलाई छात्राबृत्ति उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरि पूर्व विद्यार्थी मञ्चका संयोजनमा स्टेज निर्माणमा आर्थिक सहयोग गरेका पूर्व विद्यार्थीलाई समेत सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकद्धय भोला प्रसाद चौलागाई, बाल कुमारी सिंजालीले संचालक, पिताम्बर गौतमले स्वागत र लेखापाल नवराज गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले सास्कृतिक पहिचान झल्किने नृत्य र मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । विद्यालयका विद्यार्थीले फुड स्टल र विज्ञान तथा गणित प्रदशर्नी गरेका थिए । प्रदशर्नीको रक्षामन्त्री राईसहित अतिथिहरुले अवलोकन गरेका थिए ।

हीरक जयन्ती समारोहको दोस्रो दिन विभिन्न अक्षयकोष तथा छात्रवृत्ति कोषबाट विद्यार्थीलाई पुरस्कृत गरिनेछ । त्यस्तै वार्षिक परीक्षा २०८० मा उत्कृष्ठ र एसईई र कक्षा १२ मा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिने छ ।

nijgadh-supermart-adz1200-630