तेस्रो मधेस प्रदेश तेक्वान्दो खुला प्रतियोगितामा जनज्योती तेक्वान्दो डोजाङ प्रथम (भिडियोसहित)
तेस्रो मधेस प्रदेश तेक्वान्दो खुला प्रतियोगितामा रेजिना र थमन बने फेस्ट फाईटर
वि.सं.२०८१ पुस २१ आइतवार ०८:२७

निजगढ–बाराको निजगढमा सञ्चालन भएको तेस्रो मधेस प्रदेश तेक्वान्दो खुला प्रतियोगितामा जनज्योती तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
८ स्वर्ण, ८ रजत र ८ कास्य पदकसहित आयोजक डोजाङ प्रथम भएको हो । प्रतियोगितामा ४ स्वर्ण पदकसहित क्रियटिभ तेक्वान्दो डोजाङ बर्दिवास दोस्रो र एक स्वर्ण, एक रजत र ८ कास्य पदकसहित प्रिया तेक्वान्दो डोजाङ्ग महोत्तरी तेस्रो भएको छ ।
त्यसैगरि उत्कृष्ठ खेलाडी महिलातर्फ आयोजककी रेजिना आले मगर र पुरुषतर्फ क्रियटिभ तेक्वान्दो डोजाङ बर्दिवासका थमन मग्राती घोषित भए । उनीहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा विभिन्न तौल समुहका विजेता घोषित खेलाडीलाई प्रमाण पत्र र मेडलसहित सम्मान गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता समापन समारोहलाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले सम्बोधन गर्दै नगर खेलकुद विकास समितिमार्फत खेल क्षेत्रको विकास गरिने बताए ।
त्यस्तै तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले खेलको प्राथमिकताको आधारमा विकास गर्नुपर्ने धारणा राखे ।
निजगढ नगरपालिका वडा नं. ९ को कार्यालयको सहयोगमा जनज्योती तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिताका संयोजक राजु माझीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा कार्यबहाक वडा अध्यक्ष बविता श्रेष्ठ, वडा सदस्य चित्र प्रसाद चौलागाई, इन्द्र कुमारी सुनार, तेक्वान्दो संघ महोत्तरीका अध्यक्ष रजनी लामा, जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतारा, लगायतको उपस्थिति रहेको थियो ।
भिडियो :

वि.सं.२०८१ पुस २१ आइतवार ०८:२७