कक्षा १२ को परीक्षा स्थगित, नयाँ तालिका भोलिमात्रै सार्वजनिक गर्ने
वि.सं.२०८२ वैशाख ९ मंगलवार २०:४५
1.14K
shares

काठमाडौं- कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।
सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ ।
परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ ।
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
वि.सं.२०८२ वैशाख ९ मंगलवार २०:४५
















