निजगढ नगरपालिकाको साेह्रौं नगर सभा बैठक अनिश्चित कालका लागि स्थगित
वि.सं.२०८२ असार १० मंगलवार १८:३२

बारा–निजगढ नगरपालिकाको नगर सभाको साेह्रौं अधिवेशन अन्तर्गत मिति २०८२ असार १० गते दिउँसो २:०० बजेका लागि तय गरिएको नगर सभा बैठक स्थगित गरिएको छ ।
नगर कार्यालयका प्रमुख सुरथ पुरीद्वारा हस्ताक्षरित सूचनामा नगर सभा हलमा सम्पन्न हुने भनिएको बैठक हाललाई स्थगित गरिएको उल्लेख छ । बैठक स्थगनको कारण भने खुलाइएको छैन ।
नगर प्रमुखले बैठक स्थगनसँग सम्बन्धित थप सूचना पछि आउने उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

नगर प्रमुख पुरीको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, “नगर सभा स्थगन भइसकेको र नगर सभाको अर्को बैठकको मिति अर्को सूचनाबाट तय हुने व्यहोरा सम्पूर्ण नगर सभा सदस्यज्यूहरूको जानकारीको लागि अनुरोध छ ।”
निजगढ नगरपालिकाले आगामी दिनमा सभा पुनः कहिले आयोजना गरिने भन्ने विषयमा जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
वि.सं.२०८२ असार १० मंगलवार १८:३२
















