skip this farak Kura Pravakar

निजगढ नगर कार्यपालिका लक्षित काेष : निजगढ ५ मा १२ वटा पाडी वितरण

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका–५ गैरी गाउँमा निजगढ नगर कार्यपालिकाको लक्षित कोष अन्तर्गत १२ वटा पाडी वितरण गरिएको छ ।

निजगढ नगरपालिकाकाे सहयाेगमा देवचन्द्र पशुपालन फर्मकाे आयाेजना भएकाे पाडा वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी कार्यपालिका सदस्य सर्मिला विकले किसानको जीवनस्तर उकास्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमकी अध्यक्ष तथा फर्मकी सञ्चालक सबिता सापकोटा रहेकि थिईन् भने कार्यक्रमकाे सञ्चालन इश्वर सापकोटाले गरेका हुन् ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना चौरेल, मेची–महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका कुमारी मगरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय किसानहरुलाई आत्मनिर्भर बनाउन र दिगो आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्य लिएको आयोजकले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630