गैरकानुनी क्रियाकलापको नियन्त्रण गर्ने जिम्मा प्रहरीको हाे : प्रहरी उपरीक्षक केसी
वि.सं.२०८२ असार २० शुक्रवार २३:५७

सप्तरी : गैरकानुनी क्रियाकलापको नियन्त्रण गर्ने जिम्मा प्रहरीको रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघले आज राखेको सम्मान कार्यक्रममा बोल्दै केसीले आफू सप्तरीमा काम गर्न आएको बताउँदै आउँदा एउटा सुटकेस लिएर आएको र फर्कँदा पनि त्यही सुटकेस लिएर फर्कनु परोस् भन्ने कामना गरे । आफूलाई बाहिरबाट आएको भन्दै हेला नगर्न आग्रह गरे । आउने क्रममा लगाएको माला र खादाको खुसी हुँदैन भन्दै उनले अगाडि भने, आउँदा जसरी खादा माला लाएर स्वागत गरिएको छ ,जाँदा पनि मेरो यसरी नै बिदाई होस् भन्ने कुरामा आफूलाई विश्वास लागेको उनले बताए ।

आफूले भान्सादेखि दैनिक जीवनमा उपभोग गर्ने सबै सामग्री व्यापारीहरूबाट उपलब्ध हुने भएकोले प्रहरी सधैँ व्यापारीहरूको साथमा रहने बताए ।
आफू सप्तरी जिल्लामा आएको एक हप्ता नबित्दै केही गाँजाहरु पक्राउ गरेको फेन्सिडिल र लागू औषधहरू समेत पक्राउ गरेको र उक्त सामानहरू ३० लाख भन्दा माथिको सामान राजस्व भन्सार कार्यालय इटहरी पठाएको उनले बताए ।
गैर कानुनी कामको नियन्त्रण गर्ने जिम्मा प्रहरीको रहेको र आफू त्यही काममा लागिरहने उनले बताए, आफूलाई व्यापारी मात्र होइन नागरिक समाज मानवअधिकारकर्मी सञ्चारकर्मी सबैले सहयोग गर्नुपर्ने र सबैसँग आफू प्रहरीहरु रहने उनले बताउदै सुरक्षाका विषयमा अपराध नियन्त्रणका विषयमा सबैले सहयोग गर्ने अपेक्षा राखेको उनले बताए ।
सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालु अग्रवालले व्यापारीहरूलाई सामान ढुवानी गर्दा उसको कागजपत्र कहिलेकाहीँ बिर्सिने हुँदा कहिले गल्ती हुँदा कागजपत्र नभएको अवस्थामा प्रहरीले ती ढुवानीका गाडीहरुलाई समातेर सिधै चौकीमा पुर्याई दुःख दिने गरेको बताए । यदि त्यो नेपालमा बनेको सामान नभए कुनौली भन्सारमा बुझाइदिन कुनै आपत्ति भएन तर नेपालमै बनेको सामानलाई सिधै कुनौली भन्सारमा लगेर बुझाउँदा प्रहरीले पनि व्यापारीलाई दुःख दिएको कुरा बताए । सामान भन्सारमा पुगिसकेपछि धरौटी राखेर मात्र सामान लिन मिल्ने भएकोले कैयौं व्यापारीहरुले त्यो झन्झटिलो काम भएको कारणले धरौटी राख्न नजाने र ती सामानहरू त्यही नै कुहेर ,सडेर जाने भएकोले अबका दिनमा व्यापारी र प्रहरी बीच यदि गल्ती छैन भने समन्वय गरेर ब्यापारीलाई पनि सजिलो बनाइदिनु हुन आग्रह गरे ।
अबका दिनहरुमा यी कुराहरुलाई बुझेर समन्वय गर्न प्रहरी र व्यापारी बीचको सम्बन्धलाई सुमधुर राख्न आग्रह गरे । बैंकिङ र लेनदेनका मुद्दाहरू मिलाउनका लागि नेपाल सरकारले ७७ वटै जिल्लाको उद्योग वाणिज्य सङ्घमा मेलमिलाप डेक्स राख्ने निर्देशन गरेको बताउँदै सप्तरी जिल्लाको उद्योग वाणिज्य संघमा मेलमिलाप डेक्स निर्माण भइसकेको र अबका दिनमा बैंकिङ र लेनदेनका मुद्दाहरुलाई जिल्ला प्रहरी कार्यालयबाट अथवा कुनै प्रहरी कार्यालयबाट सप्तरी उद्योग वाणिज्य संघमा पठाइदिनु हुन अनुरोध गर्दै प्रहरीलाई पनि मुद्दाहरु होलो हुने कुरा बताए ।
कार्यक्रममा पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमारदेवले व्यापारीहरूले गुनासो गरिरहेको बेला तस्कर तस्करहरूका सामान व्यापारीहरूले सस्तोमा किनेर महँगोमा बेच्ने लोभले व्यापारीहरुले नै लिने गरेको बताए ।
यसरी भन्सार छली तस्करहरूका सामान किन्ने व्यापारीले गर्दा बाँकी व्यापारीहरूलाई असर परेको र यी कुराहरुमा सतर्क हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकी वरिष्ठ उपाध्यक्ष अम्बिका दाहालले व्यापारीहरूले नेपालको सिमानामा सामान पुर्याउन गएको ढुवानीको गाडीलाई सिधै केही जाँचबुझ नगरी प्रहरीले पक्रेर कुनौली भन्सारमा बुझाउने वृद्धिले गर्दा व्यापारीहरूले दुःख पाएको र अबका दिनमा प्रहरीले जाँचबुझ गरी व्यापारीलाई दुःख नदिन प्रहरीसँग आग्रह व्यापारीहरूले पनि आफ्ना सम्पूर्ण कागजातहरू बोकेर हिँड्न र अनुरोध गर्दै आफू सञ्चारकर्मीहरू सधैंभरि व्यापारीहरूको साथमा रहेको कुरा बताइन् ।
कार्यक्रममा निर्माण व्यवसाय सङ्घका पूर्व अध्यक्ष राम अशिष शाह लगायतले आफ्नो धारणा राखेका थिए ।
वि.सं.२०८२ असार २० शुक्रवार २३:५७
















