skip this farak Kura Pravakar

जीतपुरसिमरामा वडाको संख्या घटाउने बहस : सामाजिक सञ्जालदेखि नीति तथा कार्यक्रमसम्म

2.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सङ्ख्या घटाउने बहसले चर्चा पाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा २४ वडा रहेका छन् । ती वडाहरूमध्ये आधाभन्दा कम घटाउनुपर्ने विषय यतिबेला चर्चामा छ । यो विषय सामाजिक सञ्जालबाट सुरु भएर ज्ञापनपत्र हुँदै यतिबेला नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी समेत रहेका तत्कालीन भवानीपुर जीतपुर गाविसका अध्यक्ष कृष्ण व्रत सिंहले पटक–पटक वडा संख्या घटाउनु पर्ने विषय उठाउँदै आएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका सिंह वडा १२ वटामा कायम गर्नुपर्ने धारणा राखेका छन् ।

स्थानीय शिक्षकसमेत रहेका राजमणि बरालले पनि यस्तै धारणा सार्वजनिक सञ्जाल मार्फत व्यक्त गरेका थिए । यही आशयको अर्को विचार सञ्चारकर्मी विदुर खड्काले समेत सार्वजनिक गरेपछि यो विषयले थप चर्चा पाइरहेको छ ।

राजनीतिक दलहरूको पनि उस्तै माग

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेललाई स्थानीय राजनीतिक दलहरूले ज्ञापनपत्र नै बुझाएर वडाहरुलाई घटाउनुपर्ने विषय उल्लेख गरेका छन् । ज्ञापन पत्रमार्फत वडाको पुर्नसंरचना गर्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्र बुझाउन कार्यपालिकामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू सहित जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उस्तै समर्थन जनाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको १२ औं नगरसभामा समेत यो विषयले प्राथमिकता पाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगरपालिकाका वडाहरूको पुनःसंरचनाको सम्भाव्यता अध्ययन तथा छलफल गरिने उल्लेख गरिएको छ । अर्थात् हालको वडाको संरचना, सीमाना वा सङ्ख्यामा आवश्यकता अनुसार पुनःविचार गरिनेछ, जुन अध्ययन र छलफलबाट तय गरिनेछ ।

मेयर पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सुशासन प्रवद्र्धन र सार्वजनिक प्रशासन सम्बन्धी नीति अन्तरगत २०५ नम्बर बुँदामा सो विषयलाई समेटेका हुन् ।

nijgadh-supermart-adz1200-630