skip this

अनेम संघ (क्रान्तिकारी) बारा–काठमाडौं सम्पर्क समन्वय कमिटि गठन

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेकपा(माओवादी केन्द्र) निकट अनेम संघ (क्रान्तिकारी) बारा–काठमाडौं सम्पर्क समन्वय कमिटि गठन भएको छ ।

बारा–काठमाडौं सम्पर्क समन्वय कमिटीले निजगढ–१३ की विमला तामङ्ग अध्यक्ष र जीतपुर सिमरा– २ की रितिका अधिकारी सचिव मनोनित गरेको हो । त्यस्तै सल्लाहकार कमिटीमा रेश्मी लामिछानेलाई मनोनित गरिएको छ ।

नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य रविराज दंगालको विशेष उपस्थितिमा बारा–काठमाडौं सम्पर्क समन्वय कमिटी ईन्चार्ज तेज प्रकाश श्रेष्ठ, बारा–काठमाडौं सम्पर्क समन्वय कमिटी अध्यक्ष खडक बहादुर लामा, सचिव श्रीनारायण कुशवाह, सम्पर्क कमिटीका सदस्य राजन चौलागाई लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अनेम संघ(क्रान्तिकारी) को ७ औं राष्ट्रिय सम्मेलनका लागी बारा–काठमाडौं सम्पर्क समन्वय कमिटिको तर्फबाट सचिव अधिकारी प्रतिनिधिको रुपमा सिफारिस गरेको छ ।

nijgadh-supermart-adz1200-630