skip this

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सोलुखुम्बु -सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरका पाइलट भने सकुशल रहेको उनले बताए । घटनाको विस्तृत विवरण केही बेरमा आउँछ ।

nijgadh-supermart-adz1200-630