skip this farak Kura Pravakar

संवैधानिक इजलासमा सुरू भयो संसद विघटन विरूद्धको मुद्दामा सुनुवाइ

618 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा सुनुवाइ सुरू भएको छ ।

सर्वोच्च अदालतको एनेक्स भवनमा इजलास तयार गरी बुधबारदेखि प्रतिनिधि सभा विघटन विरूद्धका रिटमा सुनुवाइ सुरू भएको हो।

यसमा कुल १६ वटा रिट परेका थिए। ती सबै रिटलाई एउटै मुद्दाका रूपमा सुनुवाइ हुनेछ ।

सुनुवाइका लागि वरिष्ठतम अनुसार न्यायाधीशहरूको संवैधानिक इजलास गठन गरिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहने गरी संवैधानिक इजलास गठन भएको छ ।

रिट निवेदकबाट प्रेमराज सिलवालले बहस सुरू गरेका छन् ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई र सुरेन्द्र भण्डारी पनि इजलास प्रवेश गरेका छन् ।

अधिवक्ता भट्टराईले रिट निवेदक आयुष बडालको तर्फबाट बहस गर्नेछन् ।

रिट निवेदकहरू धेरै जना भएकाले निवेदकको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले ५/५ मिनेट मात्रै सुरूवाती बहस गर्ने तय भएको वरिष्ठ अधिवक्ता भट्टराईले जानकारी दिए ।

बहस सुरू हुन लाग्दा प्रधानन्यायाधीश राउतले विषयमा टेकेर बहस गर्न अनुरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630