प्रदिप वस्त्रालयको सहयोगमा युथ अफ निजगढद्वारा विपन्न परिवारलाई न्यानो सामग्री वितरण
वि.सं.२०८२ पुस ५ शनिवार २२:४२
699
shares

बारा–प्रदिप वस्त्रालयको सहयोगमा युथ अफ निजगढ ले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ का विपन्न परिवारलाई न्यानो सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
जनप्रतिनिधिहरूको रोहवरमा सम्पन्न कार्यक्रममा २३ थान सिरक र २३ थान पछेउरा वितरण गरिएको हो ।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहयोग कार्यक्रम आयोजना गरिएको युथ अफ निजगढले जनाएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले सहयोगी मनोभावको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ पुस ५ शनिवार २२:४२
















