skip this farak Kura Pravakar

श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको ५२ औँ जन्मजयन्ती तथा अभिभावक भेला सम्पन्न

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–६, सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको ५२औँ जन्मजयन्ती तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ ।

जन्मजयन्ती समारोहको उद्घाटन बारा क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरीले पानसमा दीप प्रज्वलन गरी गरेका छन् ।

उद्घाटन कार्यक्रममा चौधरीसहित निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा, जिल्ला शिक्षा तथा समन्वय इकाइ बाराका प्रमुख अशोक रौनियार, सार्वजनिक मावि निजगढ ५ का प्रधानाध्यापक हस्तबहादुर लामा, नेपाली कांग्रेसका युवा नेता विष्णु खड्का, राप्रपाका नेता लीलाबहादुर राउत लगायत वक्ताहरूले विद्यालयको शैक्षिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, सहकारी संस्था, अक्षयकोषका प्रतिनिधि, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको सहभागिता थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व मेयर सुरेशकुमार खनाल, पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, निजगढ–६ का कार्यवाहक वडा अध्यक्ष केशवप्रसाद अधिकारी, कार्यपालिका सदस्य शर्मिला विक, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका सचिव प्रकाश सापकोटा जनसिर्जनशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुशबहादुर थापा, विद्यार्थी नेता बालकृष्ण हुमागाई, राजनीतिकर्मी राजु सिग्देल, इन्द्र प्रसाद आचार्य, गौरीशंकर मावि सडक टोलका पूर्व व्यवस्थापन समिति अध्यक्ष टिकाराम तिमल्सिना, पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद सापकोटा, पूर्व व्यवस्थापन समिति अध्यक्ष तीर्थ प्रसाद गौतम, निजगढ वडा नं ६ का वडा सदस्य आशा श्रेष्ठ, मिना सुनार, कृष्णबहादुर मोक्तान, पूर्व वडा सदस्य मिथिलादेवी घिमिरे, रामप्रसाद हुमागाई, दलबहादुर वाइबाको उपस्थिति रहेको थियो ।

त्यस्तै अवतार बचत तथा ऋण सहकारी संस्था निजगढका अध्यक्ष अजय लामा, समाजसेवी रविराज दङ्गाल, यमबहादुर खड्का, रामकृष्ण घिमिरे, पेमासिद्धि लामा, जगतकुमारी अधिकारी, दीपिका साह, गौरीशंकर मावि निजगढ ८ का व्यवस्थापन समिति अध्यक्ष रविकुमार बर्तौला, सार्वजनिक मावि बागदेवका व्यवस्थापन समिति अध्यक्ष दुर्गा गौतम, जनजागृति आधारभूत विद्यालय निजगढ ५ का अध्यक्ष भोलाप्रसाद ढुङ्गाना, बाल विकास आधारभूत विद्यालयका अध्यक्ष राजेन्द्र सापकोटा, नेत्रोदय माध्यमिक विद्यालय निजगढ ७ का प्रधानाध्यापक रामचन्द्र मण्डल, श्री जनजागृति आधारभूत विद्यालय निजगढ ५ का प्रधानाध्यापक शिवप्रसाद नेपाल, सरस्वती आधारभूत विद्यालय निजगढ ३ का बालचन्द्र घिमिरेको उपथिति रहेको थियो ।

त्यस्तै चन्द्रमणि सापकोटा स्मृति अक्षय कोषका गोपालप्रसाद सापकोटा, तुलसीदेवी सापकोटा बालकृष्ण सापकोटा, तीर्थराज÷खड्गमाई स्मृति अक्षय कोषका यादवकुमार तिमल्सिना, मिराकुमारी पौडेल, अर्जुन कुमार तिमल्सिना, गोदा तिमल्सिना, हाल अमेरिका प्रत्येक वर्ष दुईदुई जना असायक गरिब बालबालिकालाई कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सम्पूर्ण पठनपाठनको व्यवस्था गर्दै आएका यम कुमार ९कन्हैया० तिमल्सिना, रुबी तिमल्सिनाको प्रतिनिधि घनश्याम तिमल्सिनाको उपस्थिति रहेको थियो ।

त्यस्तै पूर्व विद्यार्थी मञ्चका भक्तबहादुर राउत, निवर्तमान व्यवस्थापन समिति सदस्य लीला बहादुर राउत, अमृता खनाल, कल्पना दाहाल, केशवप्रसाद सापकोटा, लक्ष्मीमाया पाख्रिन, सुशीला पौडेल, पुनम कार्की, शिक्षक प्रतिनिधि अर्जुनबहादुर पाण्डे, शिक्षक अभिभावक सङ्घका सदस्यहरू शान्ति सापकोटा, दीपक सापकोटा कृष्णप्रसाद तिमल्सिना, लक्ष्मी गौतम, राजेश सन्जेल जीवनाथ बन्जारा, सुस्मिता धिताल सापकोटा, शम्भु शिव तिमिल्सिना, कमल तिमल्सिनाको उपस्थित रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक सन्तोष बन्जाराले आर्थिक वर्ष २०८१/८२ को आर्थिक आय–व्यय विवरण सार्वजनिक गरेका थिए । त्यस्तै भौतिक प्रतिवेदन व्यवस्थापन समिति सदस्य तथा निर्माण समिति संयोजक पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक श्रीहरी न्यौपानेले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै, विद्यालय जन्मजयन्तीको अवसरमा सञ्चालित विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विभिन्न अक्षयकोषअन्तर्गतका विद्यार्थीहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य मधु तिमल्सिना र सञ्चालन शिक्षक बोधदिप तिमल्सिनाले गरेका थिए ।


सम्मान तथा पुरस्कार वितरण


जन्मजयन्ती तथा अभिभावक दिवसको अवसर पारेर सेवा निवृत्त हुनुभएका प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई व्यवस्थापन समितिले सम्मान गरेको छ ।

त्यसैगरी चन्द्रमणि सापकोटा स्मृतिमा अक्षय कोषबाट गोपाल प्रसाद सापकोटाले एसइ २०८१ मा उत्कृष्ट भएका छात्र समिर फुयाल र उत्कृष्ट छात्रा क्रिस्टिना अधिकारलाई जनही नगद रु ४ हजार सहित प्रमाणपत्रले सम्मान गरेका छन् ।

त्यसैगरी जागरुक अभिकर्ता सम्मान शिर्षकमा विद्यालयले अभिभावकहरुलाई सम्मान गरेको छ । यो सम्मान कमल बजगाई, देवराज गौतम, सोमबहादुर थिङ, सिताराम धिताल, लीला राउत, सुस्मिता गौतम, सावित्री राना मगर, रमेश तिमल्सिना, रश्मी सुनार, उषा थापाले पाएका छन् ।

त्यसैगरी यादवकुमार तिमल्सिना मिराकुमारी पौडेलद्वारा स्थापित अक्षय कोषबाट उत्कृष्ट शिक्षक सम्मान अन्तर्गत कक्षा एसईईमा सबभन्दा बढी शैक्षिक उपलब्धि हासिल गरेका शिक्षक प्रभु पराजुली, कक्षा १२ को बोर्ड परीक्षामा सबैभन्दा बढी शैक्षिक उपलब्धि हासिल गरेका सरोजप्रसाद दाहाल, नगरस्तरीय परीक्षा कक्षा आठमा सबैभन्दा बढी शैक्षिक उपलब्धि हासिल गरेका अङ्ग्रेजी शिक्षक राम टहल चौधरी, र कक्षा ५ को नगरस्तरीय परीक्षामा सबैभन्दा बढी शैक्षिक उपलब्धि हासिल गरेका अङ्ग्रेजी शिक्षक सिर्जना चौलागाईलाई सम्मान गरिएको छ ।

त्यसैगरी टिकाराम तिमिल्सिनाद्वारा वितरण छात्रावृत्तिमा कक्षा १२ तर्फ उत्कृष्ट छात्रतर्फ दोर्जे लामा र छात्रातर्फ सलिना अधिकारीलाई जनही नगद रु ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यसैगरी तुलसीदेवी सापकोटा र बालकृष्ण सापकोटाद्वारा स्थापित अक्षय कोषको मार्फत वितरण गरेको छात्रवृत्तिमा कक्षा ५ बाट उत्कृष्ट छात्रा विकास चौधरी कक्षा ५ का उत्कृष्ट छात्रा आरती चौधरी कक्षा ८ मा उत्कृष्ट छात्र दिपेश कुमार समूह र कक्षा आठका उत्कृष्ट छात्रा रीतिका चौधरीलाई जनही रु।२५०० नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यसैगरी अर्जुनकुमार तिमल्सिना र गोदा तिमल्सिनाद्वारा वितरण गरेको छात्रवृत्ति अन्तर्गत छात्र निकेश पटेल कक्षा ९ कक्षा १२ का सन्ध्या थापा, कक्षा ३ का छात्र रियान्स सापकोटा, छात्रा सुमन यादवलाई जनही नगद रु। ७५० सहित सम्मान पत्रले सम्मानित गरिएको छ ।

nijgadh-supermart-adz1200-630