एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
वि.सं.२०७८ माघ ९ आइतवार ११:१८

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।
ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।
ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।
उनी अस्वस्थ भएपछि दिउँसोलाई निर्धारित पत्रकार सम्मेलन समेत स्थगित गरिएको थियो ।
पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि
ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् ।
वि.सं.२०७८ माघ ९ आइतवार ११:१८















