skip this farak Kura Pravakar

बारा क्षेत्र नं. १ को पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा एमाले उम्मेदवार मैनालीको घरदैलो

315 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निर्वाचन प्रचारको अन्तिम दिन आज नेकपा एमाले बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अच्युत मैनालीले निजगढमा चुनावी घरदैलो अभियान सम्पन्न गर्नुभएको छ।

आज दिउँसो १ बजे निजगढ–८ को बकैया क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रम निजगढ–७ को भमरा पुल हुँदै निजगढ–९ स्थित शहीद चोकमा पुगेर समापन गरिएको हो। घरदैलोका क्रममा उम्मेदवार मैनालीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी दिनमा क्षेत्रको विकास र समृद्धिका लागि एमालेको योजनाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल लगायत सयौँ नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

घरदैलोमा समानुपातिक उम्मेदवार अन्जु नेपाली, चर्चित नेता पूण्य गौतमको समेत उपस्थिति रहेको थियो ।

सहभागीहरूले घरदैलो अभियानमार्फत मतदाताको उत्साह र समर्थन उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन्।

आजको घरदैलोपछि एमालेले निजगढ नगरपालिकाका सबै वडामा चुनावी घरदैलो अभियान पूरा गरेको जनाएको छ। पार्टी नेतृत्वले प्रचार अभियानमार्फत मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630