मौन अवधिमा ऋषी धमलालाई प्रलोपाको समर्थन, सत्यनारायण भगतको उम्मेदवारी निष्कृय
वि.सं.२०८२ फागुन २० बुधवार १७:२३
360
shares

बारा–मौन अवधिका चुनावी गतिविधि गर्न नपाईने भएपनि रौतहटमा भने एक उम्मेदवारले अर्का उम्मेदवारलाई लिखित रुपमै समर्थन गरेको पत्र बाहिरिएको छ ।
रौतहटको क्षेत्र नं.४ का आम आदमी पार्टीका उम्मेदवार ऋषी धमलालाई प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन गरेको लिखित पत्र सार्वजनिक भएको हो ।
पूर्व पत्रकार धमलालाई समर्थन गर्दै प्रलोपाका उम्मेदवार पूर्व राज्यमन्त्री समेत रहेका सत्यनारायण भगतको उम्मेदवारी निष्कृय गरिएको पत्रमा उल्लेख छ ।
पत्र उम्मेदवार भगतकै फेसबुक आईडीबाट सार्वजनिक गरिएको छ । जसमा प्रलोपाबाट भगतले र आजपाबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०८२ फागुन २० बुधवार १७:२३

















