निजगढमा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको होली शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
वि.सं.२०८२ फागुन १८ सोमवार २२:०६
429
shares

निजगढ — प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स को निजगढ शाखाले होली पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
निजगढ–८ स्थित तारा इन होटल मा आयोजित कार्यक्रममा शाखा प्रमुख अमृता बस्नेतले सहभागीहरूलाई होली पर्वको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले कम्पनी र अभिकर्ता तथा विमितबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताइन्।
कार्यक्रममा कम्पनीका वरिष्ठ अभिकर्ता, अभिकर्ता, विमित तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एक–अर्कालाई अविर लगाउँदै होलीको शुभकामना आदान–प्रदान गरेका थिए।
कम्पनीले हरेक वर्ष होली पर्वको अवसरमा यस्ता विशेष कार्यक्रम आयोजना गर्दै आएको छ, जसले आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तारमा सकारात्मक भूमिका खेल्दै आएको शाखाले जनाएको छ।
वि.सं.२०८२ फागुन १८ सोमवार २२:०६

















