मध्यपूर्वमा अलपत्र नेपालीको उद्धार गर्न दूतावास सक्रिय बनाइने
युद्धको अवस्थाका कारण ट्रान्जिटमा अड्किएका नेपाली नागरिकलाई राहत तथा उद्धार गर्न परराष्ट्र मन्त्रालयले पनि आवश्यक बजेट माग गरेको छ
वि.सं.२०८२ चैत १ आइतवार १८:०८

युद्ध प्रभावित मध्यपूर्व (पश्चिमी एसिया) का विभिन्न देशहरूमा समस्यामा परेका नेपाली नागरिकको राहत तथा उद्धारका लागि सरकारले दूतावासहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल सहयोग र सुरक्षित उद्धारको व्यवस्था मिलाउन सम्बन्धित दूतावासहरूलाई निर्देशन दिने निर्णय गरेको हो।
गृहमन्त्री Om Prakash Aryal का अनुसार रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अभिवस्थित नेपाली राजदूतावास तथा जेद्दा र दुबईका नेपाली महावाणिज्य दूतावासमार्फत आवश्यक समन्वय र व्यवस्थापन गरिनेछ।
युद्धको अवस्थाका कारण ट्रान्जिटमा अड्किएका नेपाली नागरिकलाई राहत तथा उद्धार गर्न परराष्ट्र मन्त्रालयले पनि आवश्यक बजेट माग गरेको छ। मन्त्रालयले ती १० वटा दूतावास तथा नियोगलाई तत्काल प्रयोगका लागि जनही १० लाख रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको बताइएको छ।
सरकारले उक्त निर्णयमार्फत विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक तयारी अगाडि बढाउने जनाएको छ।
वि.सं.२०८२ चैत १ आइतवार १८:०८
















