skip this
कार्यक्रमको उद्देश्य वन डढेलोका कारण हुने क्षति तथा जोखिमबारे सर्वसाधारणलाई सचेत गराउँदै
सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वन डढेलो सप्ताह २०८२ अन्तर्गत सचेतना र्‍याली सम्पन्न

उक्त कार्यक्रममा श्री राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) ले सहकार्य गरेको थियो।

645 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– वन डढेलो सप्ताह २०८२ को अवसरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित र्‍याली तथा कार्यक्रम सम्पन्न भएको छ।

निजगढ–७ स्थित भमरा पुलबाट सुरु भएको सचेतना र्‍याली तामागढी, कोल्हवी, सपई, प्रसौना, डुमरवाना, सिमरा, पथलैया, अमलेखगञ्ज, चकरी, डम्बरपुर, रतनपुरी, लाल, बागदेव, सिंगौल हुँदै पुनः भमरा पुलमै आएर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूह, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य वन डढेलोका कारण हुने क्षति तथा जोखिमबारे सर्वसाधारणलाई सचेत गराउँदै वन संरक्षणमा सबैको सहभागिता सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा श्री राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) ले सहकार्य गरेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहभागी तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्दै डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले सबैको सहकार्यले वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

nijgadh-supermart-adz1200-630