skip this

खल्तीबाट अध्यादेश ल्याएको आरोप, सरकार विधिको बाटोबाट विचलित : अधिवक्ता लम्साल

468 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-बहुमतको सरकारले संसदीय प्रक्रियालाई छलेर ‘खल्तीबाट अध्यादेश’ ल्याएको आरोप अधिवक्ता निकेश कुमार लम्सालले लगाएका छन्। काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सहकारी, संवैधानिक परिषदसम्बन्धी लगायतका अध्यादेश ल्याउनु विधिको शासन विपरीत भएको बताएका हुन्।

उनका अनुसार संसद स्थगित गरेर अध्यादेशमार्फत निर्णय लिनु बहुमतको दुरुपयोग मात्र नभई लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार हो। “संसद छलेर अध्यादेशको बाटो रोज्नु कायरता हो,” उनले भने।

अधिवक्ता लम्सालले यस्ता अध्यादेशहरू संविधान अनुकूल छन् कि छैनन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको पनि उल्लेख गरे। उनले सरकारका कदमहरूले कानुनी र संवैधानिक बहसलाई थप जटिल बनाएको बताए।

कार्यक्रममा सहभागीहरूले पनि अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यास कमजोर हुने चिन्ता व्यक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630