निजगढमा साथीसँग होटलमा बसेकी यूवतीको मृ*त्यु, साथीहरु प्रहरी नियन्त्रणमा
वि.सं.२०८३ वैशाख २६ शनिवार ०९:२८
2.49K
shares

बारा–बाराको निजगढमा एक यूवतीको मृत्यु भएको छ ।
निजगढ–९ स्थित एक होटलमा एक युवकसँग बसेकी निजगढ १२ कोलगाउँकी १९ वर्षिय सिता थिङ्गको मृत्यु भएको हो ।
मृतकको शव निजगढ सामुदायिक अस्पतालमा राखिएको छ । घाँटी चिनेर हत्या गरिएको प्रारम्भिक अनुमान छ ।
राती ११ बजे उनलाई अस्पताल पु¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले होटलमा बसेका उनका तीन जना साथीलाई समेत नियन्त्रण लिएका छन् । नियन्त्रणमा लिईएका दुई पुरुष र एक महिला छन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन ।
वि.सं.२०८३ वैशाख २६ शनिवार ०९:२८
















