गौरीशंकर मावि सडकटोलका विद्यार्थीले भोट हालेर छाने क्याप्टेन र भाइस क्याप्टेन
वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:०७

बारा-बाराको निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीले भोट हालेर आफ्नो क्याप्टेन र भाइस क्याप्टेन छानेका छन् ।
विगत केहि वर्षदेखि मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन छान्दै आएको यो विद्यालयमा यो वर्षको पनि निरन्तरता पाएको हो ।
विद्यार्थीहरु उत्साहित हुदै मतदानमा सहभागि भएर मत जाहेर गरेर क्याप्टेन र भाइस क्याप्टेन छानेका हुन् ।
निर्वाचनलाई व्यवस्थित गर्न शिक्षकहरुको नेतृत्वमा निर्वाचन मण्डल समेत बनाईएको थियो ।
विद्यालयको दुई तहको छुट्टाछुट्टै बुथमा चुनाव गराईएको छ । विद्यार्थीका समस्याहरु विद्यालय प्रशासनसम्म पु¥याउने माध्यम बन्न र नेतृत्व विकास गर्नका लागि एक दर्जन विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए ।
विद्यालयका प्रधानाध्यापक राजकुमार सापकोटाले निर्वाचनमार्फत क्याप्टेन र भाइस क्याप्टेन छान्दा बालबालिकाको अनुशासनको विकास हुने बताएका छन् ।
निर्वाचनमार्फत सिनियर र जुनियर क्याप्टेन र भाइस क्याप्टेन छानिएको निर्वाचन समितिका शिक्षक बोधदिप तिमल्सिनाले बताएका छन् ।
निर्वाचनको मतपरिणाम अनुसार चार जना मध्ये तीन जना छात्रा विजयी भएका छन् । सिनियर क्याप्टेनमा रिहाना भट्टराई भाईस क्याप्टेनमा युचिका बञ्जरा निर्वाचित भएका छन् ।
त्यसैगरि जुनियरतर्फ क्याप्टेनमा राजमोहन यादव भाईस क्याप्टेनमा आरती चौधरी निर्वाचित भएका छन् ।
नव निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई प्रमाण पत्र प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक सापकोटा, सहायक प्रधानाध्यापक श्रीहरी न्यौपाने, निर्वाचन समितिका शिक्षकहरु रामटहल चौधरी, सरोज दाहाल, बोधदिप तिमिल्सना, शिद्धान्त सापकोटा लगायतले टिका लगाएर प्रमाण पत्र वितरण गरेका थिए ।
वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:०७

















