नेपाली रेस्लर ‘नेपाली ब्रो’ कुमार थापाद्वारा रड प्रहार, श्रीमतीको उपचारकै क्रममा मृत्यु
वि.सं.२०८३ जेठ २३ शनिवार ०७:५६
531
shares

काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। शुक्रबार राति करिब १०:१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजु मा राखेको छ। प्रहरीले घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
वि.सं.२०८३ जेठ २३ शनिवार ०७:५६

















