सिंगौलमा वृक्षारोपण गरी भू संरक्षण दिवस मनाइयो
वि.सं.२०८३ साउन २५ सोमवार १०:१८

निजगढ-‘स्वस्थ जलाधार, समृद्धिको आधार’ भन्ने नाराका साथ भू संरक्षण दिवस २०८३ सिंगौलमा वृक्षारोपण कार्यक्रम आयोजना गरी मनाइएको छ।
निजगढ नगरपालिका–३ स्थित श्री सुखशितल सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका समिति पदाधिकारी तथा उपभोक्ता, निजगढ नगरपालिका–३ का प्रतिनिधि, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रममा वन तथा जलाधार संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता र स्थानीय समुदायको भूमिकाबारे जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित समिति पदाधिकारी, उपभोक्ता, वडा प्रतिनिधि, नेपाल प्रहरी तथा सम्पूर्ण सहभागीलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय, वीरगञ्ज, पर्साले धन्यवाद व्यक्त गरेको छ।
वि.सं.२०८३ साउन २५ सोमवार १०:१८
















