रसुवा नाकाबाट निजगढका कन्टेनर कन्टेनर चालक दिनेश परियार सम्पर्कविहीन
वि.सं.२०८३ भदौ ११ बिहीवार ११:३०
78
shares

बारा–बाराको निजगढ नगरपालिका–९ निवासी ट्रक कन्टेनर चालक दिनेश परियार सम्पर्कविहीन भएका छन् ।
परियार रसुवा जिल्लाबाट सामान ढुवानी गरी फर्किने क्रममा हाल सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवार तथा सम्बन्धित निकायले खोजी गरिरहेका छन् ।
परियारलाई देख्ने, फेला पार्ने वा उहाँसम्बन्धी कुनै सूचना प्राप्त गर्ने महानुभावलाई जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ ।
जानकारीका लागिः
९८५५०४५४०३
९८५५००७७७७
सम्बन्धित सबैलाई उहाँको खोजीमा सहयोग गरिदिन आग्रह गरिएको छ ।
वि.सं.२०८३ भदौ ११ बिहीवार ११:३०

















