मनोज भारतीद्वारा बाढीपहिरो पीडितका लागि लाखौँको राहत सामग्री हस्तान्तरण
वि.सं.२०८३ भदौ १४ आइतवार २१:३१

काठमाडौं-फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक मनोज भारतीले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि लाखौँ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन्।
भारतीले फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डष्ट्रिज प्रा.लि.द्वारा उत्पादित ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट जुत्ता, टी–सर्ट, ट्राउजर र विन्डसिटरलगायतका सामग्री सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा हस्तान्तरण गरेका हुन्।
उक्त राहत सामग्री गृह मन्त्रीका स्वकीय सचिव जेन्स कार्कीमार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्याउने उद्देश्य राखिएको छ।
भारतीले यसअघि पनि कोभिड–१९ महामारी, भूकम्पलगायतका विपद्का समयमा व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट सहयोग गर्दै आएका छन्। पछिल्लो सहयोगलाई उनले विपद्मा परेका नागरिकप्रतिको मानवीय तथा सामाजिक दायित्वका रूपमा अघि बढाएका हुन्।
वि.सं.२०८३ भदौ १४ आइतवार २१:३१

















