हिमालयन बुलियन कम्पनीद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
वि.सं.२०८३ भदौ १५ सोमवार १७:२८

काठमाडौं-रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग जम्मा गरिसकेको जनाएको छ। थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणासँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो।
कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
कम्पनीले विपत्तिको समयमा मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको जनाएको छ।
विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपत्तिको समयमा प्रभावित नागरिकको दुःखमा साथ दिनु तथा मानवीय सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ।
वि.सं.२०८३ भदौ १५ सोमवार १७:२८

















