skip this

दर खाने कार्यक्रम स्थगित गरी रामनगरका महिलाहरुले गरे बाढीपीडितका लागि सहयोग

33 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-तीजको अवसरमा आयोजना गरिने दर खाने कार्यक्रम स्थगित गर्दै बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगरका महिला समूहहरूले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेका छन् ।

रामनगरस्थित एकादशी समूह र राधाकृष्ण एकादशी समूहका महिला दिदीबहिनीहरूले दर खाने कार्यक्रमका लागि छुट्याइएको रकमबाट जनही रु. १६/ १६ हजारका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका हुन् ।

त्यस्तै, रामनगरस्थित एकता महिला समूहका आमाहरूले पनि बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद रु. २५ हजार सहयोग गरेका छन् ।

विपद्को समयमा आफ्ना चाडपर्वका कार्यक्रमलाई स्थगित गरी पीडित परिवारको राहतका लागि सहयोग गर्नु मानवीय सेवाको उदाहरण भएको स्थानीय महिलाहरूले बताएका छन् ।

nijgadh-supermart-adz1200-630