विपद् उद्धार कोषमा लायन्स क्लब अफ निजगढ युथको ४७ हजार २ सय ६६ रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १५ सोमवार २०:२३

निजगढ-विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ निजगढ युथले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४७ हजार २ सय ६६ सहयोग रकम जम्मा गरेको छ।
‘मानवीय सेवामा सानो प्रयास’ अभियानअन्तर्गत क्लबले विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम सहयोग गरेको जनाएको हो।
क्लबका प्रेसिडेन्ट सुदर्शन थपलियाका अनुसार विपद्का कारण पीडित तथा प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो। क्लबले आफ्नो सानो प्रयासले विपद्मा परेका नागरिकको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
क्लबका चार्टर प्रेसिडेन्ट इराज कोइरालाले विपद्को समयमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
लायन्स क्लब अफ निजगढ युथले ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो’ भन्ने भावनाका साथ विपद्का समयमा सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।
वि.सं.२०८३ भदौ १५ सोमवार २०:२३

















