वीरगंज कारागारबाट भागेका कैदी भारतमा समातिए
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १७:०९

वीरगंज-पर्साको वीरगंज कारागारबाट फरार भएका कैदी सुनिल साह भारतमा पक्राउ परेका छन्। पोखरिया नगरपालिका–सतवरिया निवासी साहलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतको आदापुरबाट नियन्त्रणमा लिइएको हो।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका साहलाई अहिले वीरगंज ल्याउने तयारी भइरहेको छ।
बिहीबार बिहान कारागारको सुरक्षा घेरा तोडेर फरार भएका साहको खोजीमा जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। उनी भारततर्फ भागेको आशङ्कामा सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी र चेकजाँचलाई कडा पारिएको थियो।
कैदी फरार भएको घटनालाई पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले समेत पुष्टि गरेका थिए।
भारतको आदापुरबाट पक्राउ परेसँगै फरार कैदीलाई पुनः नियन्त्रणमा लिन प्रहरी सफल भएको छ।
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १७:०९

















