डलरको अवैध कारोबार गर्ने चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर
वि.सं.२०७८ माघ ११ मंगलवार १५:२१

राजश्व अनुसन्धान विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
कैलाली लम्किचुवा स्थायी ठेगाना भइ हाल काठमाडौं कालोपुल बस्दै डलरको अवैध कारोबार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्धा दायर भएको हो ।
विभागले दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ । उनीहरूले सामूहिकरुपमा मोबाइल एप्स इ स्किल तथा बिनान्स प्रयोग गरेर विदेशी विनिमय डलरको कसुर गरेको पाइएको छ । उनीहरूले अनलाइनमार्फत डलरको अवैध कारोबार गरेका हुन् ।
उनीहरूले विभिन्न बैंक खाताबाट ३७ करोड ६४ लाख ८९६ रुपैयाँ बराबर हुन आउने ३१ लाख २७ हजार ८९६ अमेरिकी डलर अवैधरूपमा निर्यात गरेको पुष्टी भएको विभागले जनाएको छ । विदेशी विनिमय (निर्यात गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को सूचना समेतले निषेधित कसुर गरेको पुष्टी भइसकेको छ ।
सोहीकारण, सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय र दफा १७ को उपदफा ९९० बमोजिम तीन वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार १५:२१

















