skip this farak Kura Pravakar

सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी छन् ।
बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।
निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन ।
सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।

nijgadh-supermart-adz1200-630