skip this farak Kura Pravakar

देवदहमा भेटिएका शवको अझै पहिचान भएन

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही : रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन ।
देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जङ्गलमा मङ्गलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४/३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी छ/सात वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630