skip this yams_Max_Hospital.jpeg

घरमा प्लाष्टर गर्ने क्रममा घरमाथिबाट खसेको पहिरोले पुरेर मृत्युु 

1.09K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

अर्घाखाँची : पाणिनी गाउँपालिका-५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा शुक्रबार साँझ ५ बजे घरमाथिबाट खसेको पहिरोमा उनी पुरिएका थिए। पहिरो खस्दा उनी एक्लै काम गरिरहेको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा, प्रहरी र जेसिबी मेसिनको सहयोगले शुक्रबार राति सवा ९ बजे उनलाई मृत अवस्थामा फेला पारिएको पाणिनी-५ का वडा अध्यक्ष जीवलाल घिमिरेले बताए। सुनारको शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने प्रहरी नायब उपरीक्षक  थापा क्षेत्रीले जानकारी दिए।

nijgadh-supermart-adz1200-630