सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने सरकारकाे तयारी
वि.सं.२०७८ साउन ३० शनिवार ०८:०९
936
shares

काठमाडौं : सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने तयारी गरेको छ।
लिभिङ विट आइसिटीले शुक्रबार आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए।
‘मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ,’ उनले भने,‘सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ।’
एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ।
वि.सं.२०७८ साउन ३० शनिवार ०८:०९

















