skip this farak Kura Pravakar

बाँदरलाई गोली हान्दा नातिलाई लागेपछि …

1.44K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

सुनसरी : बराहक्षेत्र नगरपालिका-१ का ६३ वर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाइते भएपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।
गत २६ गते राईले बाँदरलाई गोली हानेका थिए। घाइते नातिको धरानस्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो। पक्राउ परेका राईको घरमाप्रहरी टोली खटिँदा एक नाल भरुवा बन्दुक बरामद गरेको छ।
उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630