skip this

निजगढ १० मा गठबन्धनमा अन्तर्घात : एक सदस्यसहित एमालेका श्रेष्ठ विजयी

प्रमुख-उपप्रमुखमा थाेरै मतान्तर

4.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढ १० मा सत्ता गठबन्धनमा अन्तर्घात भएकाे छ । गठबन्धनका अध्यक्ष पदका उम्मेदवार पदमबहादुर माेक्तानलाई अन्तर्घात भएकाे हाे ।

गठबन्धनका तीन जना सदस्य निर्वाचित हुदाँ अध्यक्ष माेक्तान पराजित भएका हुन् । उनीलाइ एमालेका आशाकाजी श्रेष्ठ ४० मतले विजयी भए । श्रेष्ठले ७ सय ८१ मत ल्याउदा माेक्तानले ७ सय ४१ मतमा चित्त बुझाउनु पर्याे ।

गठबन्धनका कुमार माेक्तान, दलित महिला सदस्य रेणु कुमारी दर्जी, खुला सदस्य मनमाया मगर विजयी भए । एमालेका मेघराज वाइवा निर्वाचित हुदाँ गठबन्धनका हरिप्रसाद रिमाल पराजित भए ।

प्रमुख-उपप्रमुखमा थाेरै मतान्तर
निजगढ १० मा गठबन्धनका प्रमुख र उपप्रमुखले मतान्तर बढाउन सकेनन् । गठबन्धनका सुरेश खनाल र एमालेका सुरथ पुरीकाे बिचमा ३ मतकाे मतान्तर छ । खनालले ७ सय ४२ मत ल्याउदा पुरीकाे ७ सय ३९ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा ६ मतकाे अन्तर छ । गठबन्धनका रविराज दंगालले ७ सय ११ मत ल्याए भने एमालेकी साेममाया थिङले ७ सय ५ मत ल्याइन् ।

nijgadh-supermart-adz1200-630