निजगढ सुपरमार्टमा सामान किनेका २८ जना ग्राहकले पाए दुई लाख ७८ हजारको पुरस्कार
वि.सं.२०८० पुस २२ आइतवार ०९:२८

बारा-बाराकाे निजगढ-७ शहीदचाेकमा सञ्चालित निजगढ सुपरमार्टमा दशै, तिहार तथा छठमा सामान खरिद गरेका ग्राहकले पुरस्कार पाएका छन् ।
चाडपर्व अफर अन्तरगत मार्टले ग्रहकहरुलाई कुपन वितरण गरेको थियाे । कुपनको चिठ्ठा शनिबार सार्वजनिक भएको थियाे । जसमा २८ जना ग्रहकले विभिन्न आकर्षक पुरस्कार पाएका हुन् ।
स्थानीय सञ्चारकर्मी, स्थानीय उद्योगी लगायतका ग्राहककाे उपस्थितिमा सार्वजनिक गरिएको लक्की ड्रमा १० वटा प्रकारका पुरस्कार रहेका थिए । जसमा पहिलो पुरस्कार वासिङमेसिनदेखि आईरनसम्म थियाे ।
कार्यक्रमको सहजिकरण सञ्चारकर्मी थानेश्वर सापकोटाले गरेका थिए ।
दुई लाख ७८ हजार बराबरको पुरस्कार सामाग्री लक्की ड्र मार्फत ग्राहकहरुलाई बितरण गरेको सुपरमार्ट संचालक अमृत गौतमले जानकारी दिए ।
ग्राहकले गरेकाे विश्वास र मायालाइ चाडपर्वमा खुसी थप्न तीन वर्षदेखि लक्की ड्र आयाेजना गर्दै आएकाे मार्टका अर्का सञ्चालक अमृत तिमल्सिनाले बताए । आफूहरुले ग्राहकहरुलाई गुणस्तरीय सामग्री र सेवा प्रदान गर्दै आएको जानकारी दिदै ग्राहकलाइ अफर र प्वाईन्टका आधारमा विभिन्न पुरस्कार प्रदान गरिने बताए ।
लक्की ड्रबाट पहिलो पुरस्कार रामशरण सुबेदीले हात पारेका छन् । सुबेदीले वासिङमेसिन प्राप्त गरेकोमा मार्टप्रति आभारी रहेको र आगामी दिनमा समेत नियमित ग्राहक बनेर सामान मार्टमै खरिद गर्ने बताए । उनले अरुलाई पनि नठगिन मार्ट प्रयोग गर्न अनुरोध गरे ।
मार्टले धेरै सामान खरिद गर्ने उत्कृष्ट १० जना ग्राहकलाई समेत उपहार प्रदान गरेकाे थियाे । याे उपहार अन्तरगत ओभन पाएकी सविना घिमिरे घरमा आवश्यक परेकै उपहार पाउँदा दङ्ग परिन् ।
वि.सं.२०८० पुस २२ आइतवार ०९:२८
















